प्रभातफेरी आयोजना गरि नुवाकोटमा भुकम्प सुरक्षा दिवस मनाइयो
विदुर खबर
२०७६ माघ २ गते १८:११
नुवाकोट । २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा यहाँ बिहीबार प्रभातफेरी निकालिएको छ ।
विदुरस्थित लोकतान्त्रिक चोकबाट सुरु भएको र्याली विदुरबजार, दम्की, बट्टारस्थिन नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा सरकारी कार्यालय प्रमुख तथा पदाधिकारी, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायत सहभागी थिए ।
र्यालीपछि सभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डित र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भूकम्पले संरचना भत्काएर क्षति पुर्याउने भएकाले सचेत रहनु पर्ने बताए । रेडक्रसले भूकम्प गएपछिको खोज तथा उद्धारको पूर्वतयारीको अभ्यास प्रदर्शन गरेको थियो ।
नेपालमा १९९० साल माघ २ गते २ बजेर २४ मिनेटमा गएको विनासकारी भूकम्पले बढी क्षति पुर्याएको थियो । सोही भूकम्पको सम्झनामा सरकारले २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले पनि नुवाकोटमा १ हजार १ सय १३ जनाले ज्यान गएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया