नेप्से १३०० विन्दु माथि
साढे ७ महिनापछि नेप्से परिसूचकले एक हजार ३०० विन्दुलाई पार गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से २.०२ प्रतिशत अर्थात २६ अंक बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको हो।
पछिल्लो समय नेप्सेमा दिनानुदिन सुधार हुँदै गएसँगै सो विन्दु पार गर्न सफल भएको हो। यस दिन कारोबार खुलेको पहिलो १५ मिनेटमा नै सो विन्दुलाई पार गरेको थियो। तर, बिक्रीकर्ता हाबी भएपछि नेप्से ओरालो लागेको थियो। बजारमा पुनः खरिदकर्ताहरु बढेपछि नेप्सेले सो विन्दुलाई पार गर्न सफल भएको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन १६१ कम्पनीको १७ हजार २९५ पटकको कारोबारमा १ अर्ब ६९ लाख ९९ हजार रुपैयाँ बराबरको ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
वित्तीय क्षेत्रमा तरलता शेयरबजारमा दैनिक कारोबार रकम पनि बढेको छ। दोस्रो बजारमा औषत कारोबार रकम ४३ प्रतिशत बढेको छ। केही समय अघिसम्म दैनिक औषत ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भइरहेको बजारमा अहिले ८४ करोडभन्दा बढीको औषत कारोबार हुन थालेको छ।
बजारको कारोबार रकम बढेपनि ठूला लगानीकर्ताहरु अझै बजार प्रवेश नगरेको ब्रोकरहरु बताउँछन्। अहिलेको बजारलाई साना तथा केही नयाँ लगानीकर्ताहरु धानीरहेको उनीहरुको भनाइ छ। ठूला लगानीकर्ताहरु प्रवेश गरे कारोबार रकम अझै बढ्ने उनीहरुले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग





प्रतिक्रिया