नुवाकोटमा गोरु जुधाइ (फाेटाे फिचर)

विदुर खबर २०७६ माघ २ गते १०:१०

नुवाकोट – नुवाकोटको विभिन्न स्थानमा माघे संक्रान्तिको अवसरमा आयाेजना भएकाे गोरु जुधाइ हेर्ने दर्शकको भिड लागेको छ । बुधबार जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ ।

Advertisement

तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातविसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको थियाे ।

Advertisement

गाउँका विभिन्न स्थानमा छरिएको गोरु जुधाई परम्परालाई नुवाकोटको तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाईको रौनक छाएको छ ।

Advertisement

तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै माघे संक्रान्तिमा नुवाकोटका ६ स्थानमा गोरु जुधाइएको हो । नुवाकोटको सातविसेमा यो वर्षदेखि गोरु जुधाउन थालिएको हो भने लिखुको कट्टीछाप र शिवपुरीको शेराबगरमा गत वर्षदेखि जुधाउन थालिएको हो ।

तारुकामा गोरु जुधाई मेलामा प्रमुख अतिथी भएर नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहभागी हुनुभएको थियो भने बेत्रावतीको गोरु जुधाइमा प्रमुख अतिथि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सहभागी हुनुभएको थियो ।    

प्रतिक्रिया