नुवाकोटमा गोरु जुधाइ (फाेटाे फिचर)
नुवाकोट – नुवाकोटको विभिन्न स्थानमा माघे संक्रान्तिको अवसरमा आयाेजना भएकाे गोरु जुधाइ हेर्ने दर्शकको भिड लागेको छ । बुधबार जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ ।
तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातविसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको थियाे ।
गाउँका विभिन्न स्थानमा छरिएको गोरु जुधाई परम्परालाई नुवाकोटको तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाईको रौनक छाएको छ ।
तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै माघे संक्रान्तिमा नुवाकोटका ६ स्थानमा गोरु जुधाइएको हो । नुवाकोटको सातविसेमा यो वर्षदेखि गोरु जुधाउन थालिएको हो भने लिखुको कट्टीछाप र शिवपुरीको शेराबगरमा गत वर्षदेखि जुधाउन थालिएको हो ।
तारुकामा गोरु जुधाई मेलामा प्रमुख अतिथी भएर नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहभागी हुनुभएको थियो भने बेत्रावतीको गोरु जुधाइमा प्रमुख अतिथि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सहभागी हुनुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया