नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा स्ववियु चुनावको सरगर्मी बढ्दै

विदुर खबर २०७६ पुष २७ गते २०:५५

बट्टार । पटकपटक मिति तोक्ने र अन्तिचम समयमा आएर रद्ध हुँदै आएको नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आगामी फागुन १४ गते स्ववीयु चुनाव हुने भएसँग्ै क्याम्पसमा चुनावी सरगर्मी बढेको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालयले तीनसाता अघि आगमाी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने मिति घोषणा गरेसँगै अहिले नुवाकोटको सबैभन्दा पुरानो नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा चुनावी सरगर्मी बढन थालेको हो ।

२०६५ सालदेखि हुन नसकेको र क्याम्पस प्रशासनको चरम राजनीतिले पटकपटक स्थगित भएको स्ववियु निर्वाचन हुने घोषणाले यतिवेला नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको चहलपहल शुरु भएको छ । जिल्ला कै मुटु मानिने नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा यसपटक भने निर्वाचन हुनेमा विद्यार्थीहरु आशावादी देखिएको अनेरास्ववियूका अनिष प्याकुरेलले बताए ।

Advertisement

करिव १२ वर्ष विद्यार्थीको प्रतिनिधिमुलक संस्था स्ववीयु नहुँदा क्याम्पसका विद्यार्थीहरुले समस्या भोग्नुपनरेको प्याकुरेलको तर्क छ । स्ववीयु नहुँदा क्याम्पसमा अनियमितता,भस्टचार मात्र नभई समग्र शैक्षिक गुणस्तरमा समेत कमी आएको विद्यार्थी नेताहरु बताउँछन ।

लामो समयपछि क्याम्समा हुन लागेको निर्वाचनले यतिवेला नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाली विद्यार्थी संघ दुबै उत्साहित देखिएका छन । चुनाव आउन करिव डेढ महिना बाँकी रहँदा दुबै विद्यार्थी संठनहरु विद्यार्थीलाई आफ्नो पक्षमा पार्न रचनात्मक काम गरेर भोट आफुतिर तान्ने प्रयासमा देखिएका छन ।

Advertisement

प्रतिक्रिया