मुलाबारी आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्टेसनरी वितरण

विदुर खबर २०७६ पुष २६ गते २१:३६

नुवाकोट । बिदुर नगरपालिका वडा नम्बर १२ मुलाबारीमा रहेको श्री मुलाबारी आधारभुत बिद्यालयमा अध्ययन्रत बिद्यार्थीहरुलाई स्टेस्नरी सामग्री तथा न्यानो कपडा बितरण गरिएको छ ।

Advertisement

“जहाँ आवश्यकता त्यहाँ लायन्स दिएर बाँचौ ,आफु बचौ अरु लाई बचाउ” भन्ने नाराका साथ आयोजना गरिएको स्टेसनरी सामग्री तथा न्यानो कपडा बितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौँका प्रमुख बरिष्ठ सल्लाहकार बिष्णुहरी फुयालले सहयोग सामग्री बितरणले बिद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययनप्रति हौसला मिल्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।

लायन्स क्लबका अन्तर्रा्ष्ट्रियका सस्थापक मेल्विन जोन्स को १ सय ४१ औ जन्मजयन्तीको अबसरमा लायन्स क्लब काठमाण्डौँले बिद्यालयसँग समन्वय गरी बिद्यालयमा अध्ययनरत ९३ जना बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री तथा न्यानो कपडा बितरण गरिएको लायन्स अफ क्लब काठमाण्डौँ तार्केश्वरका सचिब लोकेश रिमालले बताउनुभएको छ । उहाँले बिद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत अभिभाबक गुमाएका दुई दिदीबहिनी मिना र सुनिता मिजारलाई अध्ययनमा सहयोग पु¥याउने लक्ष्यले १४ हजार नगद रुपैया र बिद्यालयको पठनपाठनको लागी आबश्यक अन्य सामाग्री खरिद गर्नको लागी १० हजार रुपैया हस्तान्तरण गरेको जानकारी दिनुभएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा मुलाबारी आधारभुत बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद ढुंगानाले लायन्स क्लब अफ काठमाण्डौँले गरेको सहयोगको उत्कृष्ठ प्रशंसा गर्दै बिद्यार्र्थीलाई गुणस्तरीय शिक्षा प्रबाह गर्न थप प्रोत्साहन मिलेको बताउनुभएको छ । यस्तै, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष निरन्जन थापाले लायन्स क्लबमा आबद्ध सदस्यहरुबाट संकलित रकमले झोला, कापी, कलम, जाडोमा लगाउने मोजा, सुईटर, पन्जा, टोपी लगायतका सामग्री खरिद गरी बिद्यालयलाई उपलब्ध गराउँदा बिद्यार्थीहरुको भबिष्यप्रति आफुहरुलाई थप जिम्मेवार बनाएकोे बताउनुभएको छ । लायन्स क्लब अफ काठमाण्डौँले जिल्लाको बिभिन्न स्थानबाट सञ्चालित बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको उत्कृष्ट पठनपाठनलाई निरन्तरता दिन आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया