नुवाकोट स्वास्थ्य सहकारी संस्था लिमिटेड साढे २४ लाख घाटमा

विदुर खबर २०७६ पुष २६ गते १८:३५

नुवाकोट स्वास्थ्य सहकारी संस्था साढे २४ लाख रुपैयाँ घाटामा गएको छ ।

Advertisement

सहकारीको छैठौ वार्षिक साधारणसभा कोषाध्यक्ष सुभद्रा नेपालले पेश गरेको प्रतिवेदन अनुसार सहकारी २४ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ घाटामा गएको बताइएको छ । उनले पेश गरेको प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ५५ लाख ५४ हजार ८ सय ७५ रुपैया आम्दानी भएकोमा ८० लाख ११ हजार ४ सय ३० रुपैयाँ खर्च भएको बताइएको छ ।

साधारणसभालाई सम्बोधन गर्दे प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले सहकारीले नाफाभन्दा पनि सेवामुलक उदेश्य लिएर काम गर्नुपर्ने बताए । उनले सहकारीले जनताको स्वास्थ्या कार्यक्रमलाई लक्षित गर्दे काम गर्नुपर्ने बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले सहकारीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्न लागेकोले जनताको आवश्यकता हेरे र काम गर्नुपर्ने बताए । त्यस्तै सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जू पण्डितले संस्थामा जवाफदेहिता नदेखिएकोले संस्था घाटामा गएको बताए । उनले सहकारीले व्यापक रुपमा सेवा विस्तार गर्ने संभावना भएकोले सबै तह र तप्काका मानिसहरुलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

Advertisement

त्यस्तै साधारणसभामा सहकारीका अध्यक्ष विन्दा अर्यालले प्रगति विवरण प्रस्तुत गर्दे सहकारीद्धारा संचालन गरिएको नुवाकोट सिटि क्म्युनिटि अस्पतालले समयानुकुल विषेशज्ञमार्फत स्वास्थ्य सेवा संचालन गर्दै आइरहेको बताइन । साधारणसभामा सहकारीका उपाध्यक्ष वसन्तराज केशीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न आफुहरु प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया