व्यवसाय गर्न चाहनेलाई तादी गाउँपालिकाले रित्तो हात नपठाउने

विदुर खबर २०७६ पुष २५ गते २०:३२

नुवाकोट । नुवाकोटको तादि गाउँपालीकामा महिला व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । तादी गाउँपालिकाको आयोजना तथा नुवाकोट उद्योग वाणिज्य संघ र जिल्ला महिला उद्यमि संघको समन्वयमा महिला व्यवसायिहरुसँग अन्र्तक्रिया सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा वोल्दै गाउँपालीकाका अध्यक्ष नारायण पाण्डेले गाउँपालीकाले व्यवसाय प्रवद्र्धनका लागि कार्यक्रम निर्माण गरिरहेको भन्दै त्यसको उचित सदुपयोग गरि आयआर्जन मार्फत समृद्ध तादि निर्माणमा सहयोग गर्न सहभागि तथा सरोकारवाल सवैमा आग्रह गरेका छन ।

त्यस्तै सो कार्यक्रममा गाउँपालीका उपाध्यक्ष ईश्वरी उप्रेतिले महिला व्यवसायिका लागि गाउँपालीका द्धारा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्नका लागि बजेट व्यवस्था गरेको बताइन । उनले संगठित रुपमा माग गरेको खण्डमा साँच्चिकै व्यवसाय गर्ने महिलाको लागि गाउँपालीकाले रितो हात नपठाई कुनै न कुनै सहयोग गर्ने प्रथिवद्धता व्यक्त गरिन ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाण्ज्यि संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्यले व्यवसायि महिलाका लागि सम्भवना तथा तिनको सदुपयोगका वारेमा जानकारी गराएकी थिइन । उनले महिलाहरु अहिलेको समयमा चुलोचौकोमा मात्र समिति हुन नपर्ने भन्दै सबैले अवसरको भरपुर सदुपयोग गर्नुपर्ने बताइन ।

 जिल्ला लघु उद्यमि संघ नुवाकोट अध्यक्ष गिता थापाले महिला व्यवसायिका लागि जिल्लामा क्रियाशिल विभिन्न संघ, संस्था तथा संजालको वारेमा जानकारी दिएकी थिइन । उनले उत्पादनको बजारीकरणमा विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमले प्रस्ट पादै अवसरको सदुपयोग गर्न आग्रह समेत गरेकी थिइन ।

Advertisement

त्यस्तै कार्यक्रममा सफल महिला व्यवसायि शिवकुमारी डंगोलले महिला व्यवसाय शुरु गरेवाट सफलता प्राप्त गर्न गर्नुपर्ने संघर्षका विषयमा आफनो अनुभव सुनाएकी थिइन । उनले महिला घरभित्र मात्र वसेर सफलता प्राप्त गर्न नसकिने भएकोले हरेक अप्ठ्याराहरुमा संघर्ष गदै आएको खण्डमा सफलता प्राप्त गर्न सकिने बताइन ।

कार्यक्रममा विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका महिला व्यवसायिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि महिलाहरु ३ समुहमा विभाजन भएर महिला व्यवसायले व्यवसाय गर्दा परेका समस्या तथा चुनौति तिनको समाधान तथा अवसरका विषयमा छलफल तथा प्रस्तुतिकरण गरिएको थियो । छलफलमा सहभागि महिला व्यवसायिले व्यवसाय संचालनको क्रममा दर्ता, नविकरण, लगानि व्यवस्थापन, व्यवसाय लाई दिने समय, अनुदान प्राप्त गर्ने विषय तथा तालिम लगायतमा पुरुषको तुलनामा महिलाको लागि गाह्रो रहेको विषय उठाएका थिए ।

प्रतिक्रिया