सुर्यगढी गाउँपालिकामा आईतवार सार्वजनिक विदा
विदुर खबर
२०७६ पुष २५ गते १८:३०

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न गाउँपालिकाको बैठले आईतबार विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए । तत्कालिन राजा पृथ्वी नारायण शाहाले राज्य एकीकरण गरेको र २५ वर्षसम्म राज्य संचालन गरेको स्मरणमा आईतवार एकीकरण दिवस मनाउन विदा दिइएको गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए । विदाको दिन गाउँपालिकाको शिक्षा, स्वास्थ्य कार्यालय बन्द हुजे बताइएको छ ।
यसअघि विदुर नगरपालिकाले एकीकरण दिवस मनाउन आईतबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया