पन्चकन्या माध्यामिक विद्यालयमा सहायता सामग्री हस्तान्तरण

विदुर खबर २०७६ पुष २४ गते १८:१४

तिगाउँ । बेलकोटगढी नगरपालिका वडा नम्बर ११ तिगाउँमा रहेको श्री पञ्चकन्या माध्यामिक विद्यालयमा सहायता सामाग्री वितरण गरिएको छ ।

Advertisement

विद्यालयको ४४ औं वार्षिकोत्सबको अवसरमा भूतपूर्व विद्यार्थी मञ्च पञ्चकन्या माविको अग्रसरता र समन्वयमा सहायता सामाग्री गरेको विद्यालयले जनाएको छ । विद्यालयको तर्फबाट शैक्षिक सत्र २०६६ को एसएलसी व्याजका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा एक लाख तिस हजार रुपैयाँ बराबरको साउण्ड सिस्टम,स्पिकर मिक्सर,माइक लगायतका सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विद्यालयका शिक्षक,विद्यार्थी,अभिभावक,पूर्व विद्यार्थी एवं स्थानीय समाजसेवीहरुको उपस्थितिमा भूतपूर्व विद्यार्थी मञ्च श्री पञ्चकन्या माविका अध्यक्ष श्री विष्णुहरि रेग्मीले उक्त सहायता सामग्री विद्यालयका प्रधानाध्यापक शम्भु तिवारीलाई हस्तान्तरण गर्नुभएको मञ्चका महासचिव ठाकुरजंग पाण्डेले बताउनुभयो । सहयोग सामग्री ग्रहण गर्दै प्रधानाध्यापक तिवारीले पूर्व विद्यार्थीहरुको विद्यालय र समुदायप्रतिको चासो र सहायताको उच्च प्रसंशा गर्दै यस्ता कार्य आगामी पुष्ताको लागि समेत अनुकरणीय हुने वताउनुभयो । सामग्री हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष रेग्मीले मञ्च विद्यालयको विकास र शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिरहेको र सबै पूर्व विद्यार्थीहरुको समन्वय र सहयोग परिचालन गरी यस्ता सहायता उपलब्ध गराउन सदैब तयार रहेको भन्दै सहयोगी पूर्व विद्यार्थीहरुलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्नुभयो । विद्यालयको ४४ औं जन्मजयन्ति अनौपचारिक सांस्कृतिक कार्यक्रमहरु गरी मनाइएको थियो ।

Advertisement

सोही अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई समेत पुरस्कार र सम्मान प्रदान गरिएको थियो । वि सं २०३२ सालमा तत्कालीन सडक डिभिजन कार्यालयको एक भवनबाट सुरु गरिएको उक्त विद्यालयमा हाल कक्षा १ देखि कक्षा १२ सम्म पढाई हुने गरेको छ । साथै व्यवस्थापन र शिक्षा संकायमा ११ र १२ को कक्षा समेत संचालनमा छ । २०७२ सालको भूकम्पपछि संरचनाहरु ध्वस्त भएका कारण विद्यालयमा कक्षा कोठा र खुला स्थानको अभावको कारण पठनपाठन र कार्यक्रमहरु संचालनमा समस्या देखिएको छ । उक्त विद्यालयको स्थापना र विकासमा संस्थापक प्रधानाध्यापक स्व लोकजंगपाण्डेको विशेष योगदान रहेको भनी उपस्थित जन समुदायले स्मरण गरेका थिए । सहयोग रकम सङ्कलनमा २०६६ का प्रचण्ड जङ्ग पान्डे, नारायण पनेरू शिबहरी पान्डे ,सञ्ज्य मुडबरी ,सुजन रेग्मी र नमराज पुडासैनीले पहल कदमी लिएका थिए ।

प्रतिक्रिया