प्रदेश–३ : नेकपा संसदीय दलको बैठक सुरु, राजधानी र नाम तोक्ने तयारी

विदुर खबर २०७६ पुष २४ गते ९:४२

हेटौँडा –  प्रदेश नम्बर–३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा सुरु भएको छ ।

Advertisement

बैठकमा नेकपाका धेरैजसो सांसदहरु उपस्थित छन् । संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने तयारी गरेको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनु भयो ।

नेकपाका सांसदहरुले यसअघि प्रदेशको नामाकरणमा खासै कुरा नउठाए पनि प्रदेश राजधानीका विषयमा संसदीय दलको बैठकमा तीन दिनसम्म आफ्ना धारणा राखेका छन् । फेरि पनि बाँकी सांसद र नेकपाका प्रदेश कमिटीको नेतृत्व गरिरहेका नेताहरुले यस विषयमा धारणा राख्ने क्रम जारी छ ।

Advertisement

प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती राख्ने विषयमा दोस्रो पटक नेकपाको सचिवालयले निर्देशन दिएपछि अब यो निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहित नेताहरु हेटौँडा फर्किएका छन् ।

राजधानीका विषयमा झण्डै एक हप्तादेखि काङ्ग्रेस, नेकपा लगायतका पार्टीका सांसदहरुले निकै बहस र छलफल गरेका छन् । अब केही दिनमा नै राजधानी र नामाकरणका विषयमा मतदान गर्ने तयारी गरिएको छ ।

Advertisement

प्रतिक्रिया