चिलिमेको प्रमुख कार्यकारी अधिकृतमा सुवास मिश्र
नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास मिश्रलाई नियुक्त गरेको छ ।
प्राधिकरणले ५१ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीमा ११औ तह (निर्देशक) का मिश्रलाई नियुक्त गरेको हो । माधव काेइराला प्राधिकरणमा फिर्ता भएपछि याे पद रिक्त थियाे । मिश्र कुलेखानी तेस्रो जलविद्युत आयोजना प्रमुख हुन् । उनकै सक्रियतामा निर्माण सुरु भएको १२ वर्षपछि चालू वर्षदेखि कुलेखानी तेस्रो सञ्चालनमा आएको छ । चिलिमेकाे सिइओ नियुक्तीको पत्र बुझ्न प्राधिकरणबाट खबर आएको मिश्रले बताए ।
‘अहिले पनि म कुलेखानी तेस्रो कै काममा व्यस्त छु, ’उनले भने, ‘प्राधिकरणबाट पत्र बुझ्न आउनु भन्ने खबर पाएको छु । सम्भव भएसम्म आजै पत्र बुझ्छु ।’ उनले आज पत्र बुझे पनि केही दिनपछि मात्रै पदभार ग्रहण गर्ने बताए । अझै एक साता कुलेखानी तेस्रोको काम गर्ने बताए । कुलेखानी तेस्रो चिनियाँ ठेकेदारले प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी छ । चिनियाँ टोली आएर केही उपकरणको परीक्षण गरेपछि औपचारिकरुपमा आयोजना हस्तान्तरण हुने उनले बताए । मिश्रलाई चिलिमेअन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने जिम्मेवारी छ । मिश्रले २०५१ सालमा इन्जिनियरको रुपमा ७ तहबाट विद्युत प्राधिकरणमा सेवा सुरु गरेका थिए ।
उनी इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका हुन् । चिलिमेमा यसअघि सिइओको जिम्मेवारीमा रहेका कोइराला प्राधिकरण फर्किसकेका छन् । १२ तहमा बढुवा भएपछि उनलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया