गर्भवतीलाई अण्डा कार्यक्रम शुरु

विदुर खबर २०७६ पुष २३ गते १८:४४

माझीटार । विदुर नगरपालिकाको वडा नं. ५ ले गर्भवती महिलाहरुको लागी पौष्टिक आहारा उपलब्ध गराउने कार्यक्रम अन्तरगत कुखुराको अण्डा वितरण गरेको छ ।

Advertisement

वडा नं.५ को वडा कार्यालय माझीटारमा हिजो आयोजित कार्यक्रमका बीच वडा भित्र रहेका सम्पूर्ण गर्भवती महिलालाई कुखुराको अण्डा वितरण गरेको वडाध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिनुभएको छ ।उहाँको अनुसार ५ नं. वडा भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनिकमा गर्भवती जाँच गराउदै आएका गर्भवतीलाई पौष्टिक आहारा उपलब्ध गराउने कार्यक्रम अन्तरगत अण्डा वितरण गरिएको छ ।

वडा कार्यायलले महिलाहरुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागी विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आइरहेकाले गर्भवती महिलाको लागी तन्तुरुस्ती, शारिरिक रुपमा स्वस्थ्य तथा आमासहित बच्चालाई स्फुर्ति बनाउनको लागी अण्डा वितरण कार्यक्रम गरिएको वडाध्यक्ष शिवकुमार चित्ररकाले जानकारी दिनुभएको छ ।

Advertisement

रेडियो चिम्टेश्वरबाट

प्रतिक्रिया