मलद्वारमा लुकाएको ६ सय ग्राम सुनसहित एक भारतीय पक्राउ
विदुर खबर
२०७६ पुष २३ गते १६:३१
काठमाडौँ । त्रिभुवन विमास्थलबाट ६ सय ग्राम सुनसहित एक जना भारतीय नागरीक पक्राउ परेका छन् ।
थाई एयरलाइन्स बैंककबाट आएका भारतीय नागरिक मोहम्मद टोस्मिदले मलद्वारमा लुकाएर ल्याएको छ सय ग्राम सुन भेटिएको छ ।शंका लागेर विमास्थलमा उत्रिएका तोस्मिदलाई पक्राउ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गरिएको थियो । एक्सरे गर्दा तोस्मिदको मलद्वारभित्र सुन रहेको पत्ता लागेको महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएको छ ।
तोस्मिदको मलद्वारमा भेटिएको सुन धुलो थियो । यस अघि पनि विमानस्थलबाट ५ किलोभन्दा बढी मलद्वारमा लुकाएको धुलो सुनसहित ६ जना भारतीय नागरिक पक्राउ परिसकेका छन।
पक्राउ परेका तोस्मिदमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया