ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते
गाईघाट । बुधबार बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन् ।
अन्य गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।
अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य शुरु गरेको छ भने गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने कार्य शुरु भएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।
बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई एक हजार मिटर तल खसेको प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ । रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया