७७ जिल्लामा कृषि बिमा पुर्‍याउन बिमा कम्पनीलाई भागबण्डा

विदुर खबर २०७६ पुष २० गते २०:२९

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कृषि बिमा गाउँगाउँमा पुर्‍याउन बिमा कम्पनीहरुलाई भाग लगाइदिएको छ । समितिले २० निर्जीवन बिमा कम्पनीहरुलाई जिल्लागतरुपमा भाग लगाइदिएको हो ।

Advertisement

समितिले केही समयअघि बिमा कम्पनीहरुले घुम्ती बिमा सेवा सञ्चालन गर्न सक्ने कार्यविधि बनाएको थियो । सोही कार्यविधि अनुसार बिमा कम्पनीहरुले अब आफ्नो भागमा परेको जिल्लामा कृषि बिमा सेवा पुर्‍याउनु पर्नेछ ।

समितिका अनुसार ७७ वटै जिल्लामा घुम्ती सेवामार्फत कृषि तथा पशुपन्छी बिमा गर्नुपर्नेछ । कृषकलाई बिमासम्बन्धी जनचेतना जगाउने र बिमाका लागि अभिप्रेरित समेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । मुलुकका ७७ जिल्लामध्ये काठमाडौँ र भक्तपुर जिल्लामा सबै बिमा कम्पनीलाई कार्यक्षेत्र तोकिएको छ भने बाँकी ७५ जिल्लालाई भाग लगाइएको छ ।

Advertisement

प्रतिक्रिया