प्रदेश नम्बर ३ को नामप्रति तामाङ घेदुङको आपत्ति

विदुर खबर २०७६ पुष १९ गते २०:५४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्तावमाथी नेपाल तामाङ घेदुङका पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।

Advertisement

नेपाल तामाङ घेदुङ विदुर नगरपालिकाको प्रथम अधिवेसनलाई संवोधन गर्दै  नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष एवं संघिय परिसदका सदस्य जयमान वाइवाले प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्नको लागि खवरदारी गरिरहेको बताउनुभएको छ । प्रदेश ३ मा तामाङ समुदायको बासोवास अत्याधिक रहेकोले ल्होछार पर्वमा सार्वजनिक विदा दिन, तामाङ भेषभुषालाई राष्ट्रियकरण गर्न दवावपूर्ण आवाज उठाइरहेको अध्यक्ष वाइवाले बताउनुभएको छ । उहाँले विद्यालयहरुमा अङ्ग्रेजी माध्यमलाई प्राथमिकता दिएर पठनपाठन गराउदा तामाङ भाषा ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले नुवाकोटको स्थानीय तहमा तामाङ समुदायको जनप्रतिनिधि धेरै भए पनि स्थानीय भाषाको पाठ्यक्रम बनाएर पढाउन सुरु नगरेकोमा दुखेसो व्यक्त गर्नुभएको छ ।

नेपाल देश र ताम्सालिङ तामाङ समुदायको घर रहेको भन्दै नेपाल तामाङ घेदुङ प्रदेश ३ का सदस्य सोमबाहदुर तामाङले तामाङ समुदायको भाषा, सस्कृति, रितिरिवाज, भेषभुषा राष्ट्रको गहना रहेको बताउनुभएको छ । पर्यटन वर्ष २०२० मनाइराख्दा तामाङ समुदायको त्यस्ता सम्पतीको सहि रुपमा सदुपयोग गर्न सकेमा पर्यटकहरुको मन जित्न सकिने उहाँले बताउनुभएको छ । उहाँले पनि प्रदेश ३ को नाम बाग्मती मान्य नहुने र नेवा ताम्सालिङ कायम गराउन सङ्घर्ष गर्ने बताउनुभएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ नुवाकोटका सस्थापक अध्यक्ष जगतबहादुर तामाङ, नेपाल आदिवासी जनजाती विदुर नगर समन्वय परिसदका अध्यक्ष बच्चुमायाँ सुनारी मगर, नेपाल तामाङ घेदुङ नुवाकोटका जिल्ला सदस्यहरु योगेन्द्रसिंह तामाङ, रणबहादुर तामाङ  लगायतले तामाङ समुदायको उत्थानको लागि क्रियासिल घेदुङ नामक सस्थाको स्थापना भएको धेरै समय भए पनि कामको हिसावले पछाडी परेको बताएका छन् ।

Advertisement

यस्तै नेपाल तामाङ घेदुङ विदुर नगरपालिकाको प्रथम अधिवेसनले प्रल्हाद तामाङलाई अध्यक्षमा चयन गरिएको छ । यस्तै उपाध्यक्षमा शुसिला वाइवा, बुद्धिबहादुर तामाङ, सचिवमा दुर्गामायाँ तामाङ, सहसचिव सागर लामा, कोषाध्यक्ष विरबहादुर तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा फूलमायाँ तामाङ, शंखबहादुर तामाङ तुलबहाखदुर तामाङ, भिम तामाङ, शेरबहादुर तामाङ, सरोज तामाङ, इन्दिरा तामाङ, कृष्णबहादुर तामाङ, श्रीवती तामाङ, विक्रम तामाङ र दउत तामाङ चयन भएका छन् ।
नेपाल तामाङ घेदुङ नुवाकोटले १२ वटै स्थानीय तहमा कार्य समिति गठन गरिरहेको छ ।त्यसै अनुरुप तादी गाउँपालिकाको प्रथम अधिवेसनले दिपक लामालाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा सुन्तली तामाङ, पूर्णबहादुर तामाङ, सचिवमा दिपक तामाङ, सहसचिवमा बुद्धिमान तामाङ, कोषाध्यक्षमा समिक्षा तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कुमार तामाङ, कृष्णबहादुर तामाङ, खिम्चा तामाङ, गौडे तामाङ, मनिसा तामाङ, मंगले तामाङ र अस्मिता तामाङ चयन भएका छन् ।

 

Advertisement

 

प्रतिक्रिया