प्रदेश ३ को नाम तोक्दा केन्द्रीयता लादेको भन्दै विरोध
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलमा नेताहरुले प्रदेशको नाम र राजधानी पार्टी सचिवालयले तोकेकोमा विरोध गरेका छन् ।
शुक्रबारबाट सूरु भएको बैठकमा सांसदहरुले प्रदेशसभाबाट टुङ्ग्याउनुुपर्ने बिषयलाई पार्टी सचिवालयले गरेर केन्द्रीयता लादेको बताए । प्रदेशको नाम र राजधानीबारे तल्लो तहमा छलफल नै नगरी पार्टीले निर्णय गरेको उनीहरुको गुनासो छ ।प्रदेशको राजधानी हेटौंडा भुगोलको हिसाबले अपायक ठाउँ भएको समेत कतिपयले बताएका छन् ।
मकवानपरुका साथै काठमाडौ र सिन्धुलीका केही ससदले भने हेटौंडालाई नै राजधानी कायम गर्न जोड दिएका छन् । अस्थायी रुपमा कायम भएको भएपनि धेरै संरचना निर्माण भएकाले हेटौंडाको विकल्प खोज्न नहुनेमा उनीहरुको जोड थियो ।सांसदहरुको विरोधका बाबजुद प्रदेशको नाम र राजधानीबारे संसदीय दलले पार्टीको निर्देशनविपरित जाने अवस्था नभएको समेत एक नेताले बताए । उनले भने-‘धेरैको असन्तुष्टि भुगोल भन्दा पनि संविधानअनुसार विधि र प्रक्रिया भएन भन्ने मात्र हो । तर सचिवालयको निर्णयलाई मान्नुको विकल्प छैन ।’
पहिलो दिन २३ जनाले बोलेको र बैठक भोलिसम्म चल्ने मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया