आइतबारदेखि देशभरकै माैसममा सुधार आउने
विदुर खबर
२०७६ पुष १९ गते २०:२७
नुवाकोट । पश्चिमी वायु कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तराईमा पनि मौसम खुल्दै गएको महाशाखाले जनाएकाे छ ।
आइतबारबाट देशभरकै मौसममा क्रमशः सुधार आउने पौडेलले जानकारी दिनुभयो । मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्णरुपमा भने नखुल्ने महाशाखाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया