News Flash : रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते

विदुर खबर २०७६ पुष १९ गते १७:४८
फाईल फोटो ।

                                                                             दुर्घटना भएको वस ।

रसुवा । रसुवामा शनिबार दिउँसो बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

Advertisement

पासाङल्हामु मार्गको रसुवा खण्डस्थित मूलखर्कमा प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस दुर्घटनामा परेको हो ।
काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त बसमा ९ जना यात्रु रहेका थिए ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया