नयाँबस्ती कृर्षक कृषि सहकारीको चौधौं बार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७६ पुष १९ गते १७:४१

लिखु । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ बगरबजारमा रहेको नयाँबस्ती कृर्षक कृषि सहकारीको चौधौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

Advertisement

२०६२ साल पौषमा स्थापना भएको सहकारीले ४२ लाख ४७ हजार २ सय रुपैयाँ पूजी संकलन गर्न सफल भएको छ भने र ५७ लाख ६८ हजार रुपैयाँ बचत गर्न सफल भएको सहकारीका अध्यक्ष बिवेक ढकालले जानकारी दिए ।
१ शय ४३ जना सेयर सदस्य रहेको सहकारीले आफ्नै कार्यालय भवन र गोदाम घरको समेत ब्यवस्था गरिसकेको छ । अध्यक्ष ढकालले साधारणसभामा आर्थिक वर्ष ०७६÷७७ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै २ बर्ष भन्दा बढी मुद्धत्ती बचत गर्ने लाई १३ प्रतिशतभन्दा बढी ब्याजदर दिने बताए ।

सहकारीले आर्थीक बर्ष २०७७ बाट सेयर सदस्यका परिवारको मृत्यु भएमा ५ हजार र सेयर सदस्यको मृत्यु भएमा १० हजार रुपैयाँ सहयोग गर्ने सचिव रामधन ढकालले बताए त्यस्तै कार्यक्षेत्र भित्र रहेका बिद्यालयका गरिव तथा जेहेनदार बिद्यार्थीलाई छात्रवृतिको ब्यवस्था पनि गरेको सचिव ढकालले बताए ।

Advertisement

साधारणसभामा सेयर सदस्यहरु लाई १ थान आलुमा छर्कने बिषादी ईन्डोफिल र आलु बढाउन मद्धत गर्ने भिटामिन पोटाटो स्पेशल बितरण गरिएको थियो ।

प्रतिक्रिया