बट्टारको ग्लोवल उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न

विदुर खबर २०७६ पुष १९ गते १६:१७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको ग्लोबल उपभोत्ता सहकारी लिमिटेडको आठौ साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ ।

Advertisement

साधारणसभा बोल्दै विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले सहकारीहरु आर्थिक मेरुदण्ड भएकोले नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्ने बताए ।२०६८ सालमा २५ जना युवाहरुको समुह बनाई मासिक एक हजार रुपैयाँ बचत मार्फत सुरुवात भएको सहकारीले हाल १४२४ जना सदस्य मार्फत १ करोड रुपैयाँ शेयर पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । ५ करोड ५५ लाख रुपैयाँ बचत रकम रहेको सहकारीले ५ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरी सुदृढ र सवल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आठौ बार्षिक साधारण सभाको अबशरमा सहकारीले उत्कृष्ट बचतकर्ताहरु मोहनकुमारी दाहाल, विन्दामाया चित्रकार र पुर्णबहादुर राईलाई दोसल्ला ओडाएर सम्मानपत्र द्धारा सम्मान गरेको छ । यसैगरी, दैनिक उत्कृष्ठ बचतकर्ता तर्फ जयन्त सेढाई र टिकाप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । त्यसैगरी, उत्कृष्ट ऋणितर्फ शम्सेरबहादुर तामाङ, गणेश राई र नानीमैया पाण्डेलाई दोसल्ला ओडाएर सम्मानपत्र द्धारा सम्मान गरेको छ । यस्तै उत्कृष्ठ मुना बचतकर्ता आशिक राई सम्मान गरेको छ ।

Advertisement

कार्यक्रममा सहकारकिा सञ्चालक समितिका सदस्य रघुनाथ रिमाल, राष्ट्रिय सहकारी बैङ्का प्रतिनिधि रुपा प्याकुरेल, भैरवी एकेडेमी बट्टारका अध्यक्ष पवन नेपाल, प्रिन्सिपल रामप्रसाद दाहाल, सक्षम सहकारीका अध्यक्ष धनबहादुर श्रेष्ठलगायतले स्थानिय उत्पादनलाई प्रोत्साहन गरी स्थानीय उद्यमीहरुलाई हौसला बढाउने गरी स्थानीय सरकारले कार्य गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया