मुक्तिनाथ विकास बैंकको शाखा नुवाकोटको बट्टारमा

विदुर खबर २०७६ पुष १९ गते १४:५०

नुवाकोट । मुक्तिनाथ विकास बैंकले एकसय २४ औ शाखाको रुपमा नु्वाकोटको बट्टार बजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

Advertisement

शनिबार बट्टारमा एक कार्यक्रमको आयोजना गरि शाखाको बैकका अध्यक्ष भरतराज ढकाल र सिइयो प्रध्युम्न पोखरलेलले डिजिटल माध्याबाट शाखाको उद्घाटन गरेका हुन । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघु बैकिङ सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा नु्वाकोटको बट्टार बजारमा शाखा संचालनमा ल्याएको बट्टार शाखाका शाखा प्रबन्धक माधवप्रसाद अधिकारीले विदुरखबरलाई बताए । बैकले १४ औ वार्षिकउत्वको अवसर पारेर शनिवार एकैदिन १८ स्थानमा शाखा स्थापना गरेको बैकले जनाएको छ ।

३ महिना अघिदेखि नुवाकोटको बट्टारमा कारोवार शुरु गरेको बैकका ८ सयभन्दा बढी ग्राहक पुगिसकेका छन । बैकले तीन महिनाको अवधीमा ३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५ करोड रुपैयाँ कर्जा लगानी गरेको बैकका शाखा प्रबन्धक माधवप्रसाद अधिकारीले बताए । बैकले विशेष गरि आगामी दिनमा कृषि र उत्पादनमुखी क्षेत्रमा कर्जा लगानी गर्ने लक्ष्य लिएको छ । उनले विना धितो सात लाख रुपैयाँसम्म लगानी गरिरहेको भन्दै कृषि कजा २० लाखसम्म दिन सकिने बताए ।बैकको शाखा उद्घाटन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गिता अमात्य, द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया