म्यागङको विन्दुकेशर माविको ५९ औ वार्षिकउत्सव सम्पन्न

विदुर खबर २०७६ पुष १७ गते २१:११

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको विन्दुकेशर माध्यामिक विद्यालयको ५९ औ वार्षिक उत्सव सम्पन्न भएको छ ।

Advertisement

विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले वार्षिक उत्सव भव्य रुपमा मनाएको हो ।विद्यालयको वार्षिकउत्सव कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष आशा तामाङले विद्यालयले शैक्षिक गुणस्तरले गाउँपालिकाकै शिर उँचो बनाएको बताए । अध्यक्ष तामाङले गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै वजेट विनियोजन गरेको भन्दै त्यसको प्रतिफल विद्यालयले दिनुपर्ने बताए ।

वार्षिक उत्सवको अवसर पारेर गत सालको एसइई परिक्षामा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरु आशिक यादव, सोमबहादुर तामाङ र विक्रम भुजेल तथा उत्कृष्ट शिक्षकको रुपमा तिर्थराज लेखकलाई सम्मान गरिएको छ । त्यस्तै आधारभुत तहको परिक्षामा गाउँपालिका प्रथम भएका माधव भुजेल र १३ औ सागमा रजत पदक जितेका विद्यालयका पूर्व विद्यार्थी गणेश प्रधानलाई सम्मान गरेको विद्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया