त्रिशुली–बट्टार रुटमा चल्ने माईक्रो अबदेखि गंगटे जानैपर्नै
विदुर । नुवाकोटको बट्टार–विदुर–त्रिशुली भएर चल्ने भाडाका बस तथा माईक्रोवसहरु अब गंगटेसम्म जानुपर्ने भएको छ ।
बट्टारबाट त्रिशुली जाने माइक्रोवसले बट्टार बजारमा पार्किङ गर्दा जामको समस्या भएपछि अबदेखि अन्तिम स्टपको रुटमा गंगटे जानुपर्ने भएको हो । बुधवार विदुर नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षिय बैठकले बट्टार बजारमा सार्वजनिक सवारीसाधनको चाप बढेको भन्दै बट्टार बजार क्षेत्रमा पार्किङ गर्दै आएका माईक्रो वसहरु अबदेखि गंगटे बजार गएर बस्नुपर्ने निर्णय गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल्इ नुवाकोटका प्रमुख विकल भट्टराईले जानकारी दिए ।
बैठकले गंगटेबाट छुटेको माईक्रोवस बट्टार,बट्टारवसपार्क, विदुर,त्रिशुली र कोलनी पुगी त्रिशली वसपार्क पुग्नुपर्ने र सोहीबाटो हुँदै पुन गंगटे पुग्नुपर्ने निर्णय गरेको छ । साथै प्रत्यके माइक्रो वस ५÷५ मिनेटमा छुट्नुपर्ने र ती माईक्रोमा एक साताभित्रमा टाइम कार्ड जडान गर्ने निर्णय भएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए ।
त्यस्तै त्रिशुली–गल्छी चल्ने वसहरुले त्रिशुलीबाट बट्टार वसपार्क गई ५ मिनेट वस्नुपर्ने निर्णय भएको छ ।
बैठकले नगरक्षेत्रभित्र संचालन हुने यातायातका साधनहरुमा म्हिला ,अपाङ्ग, जेष्ट नागरिकको सिट प्रष्ट रुपमा देखिने गरि उल्लेख गरिनुपर्ने र विद्यार्थी,जेष्ठ नागरिक र अपाङ्गले पाउनुपर्ने छुट दिलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले नगरभित्र संचालन हुने सार्वजनिक यातायातका सवारीसाधनलाई चुस्तदुरुस्त बनाउने निर्णय भएको विदुर नगरपालिकाककी उपमेयर गिता दाहालले जानकारी दिइन ।
बैठकमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अबिनारायण काफ्ले,विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, वडा नम्बर ५ का वडाअध्यक्ष ५ शिव चित्रकार, वडा नम्बर ९ का वडाअध्यक्ष शनि चित्रकार, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट चेम्बरका अध्यक्ष कविन्द्रमान प्रधान, नमस्ते पासाङल्हामु यातायात समितिका अध्यक्ष कुलबहादुर खड्की तथा जिल्लामा संचालन भएका अन्य यातायात समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस्तो छ बैठकको निर्णय

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया