दुई करोडको लागतमा दुप्चेश्वर गाउँपालिकाको आफ्नै भवन बन्ने

विदुर खबर २०७६ पुष १६ गते २०:३८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको भवन निर्माणको लागि मंगलबार शिलान्यास गरिएको छ ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलले भवनको शिलान्यास गरेका हुन् । २ करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । निर्माण हुन लागेको भवन २४ कोठे हुने बताइएको छ । भवनको शिलान्यास गर्दे जिसस नुवाकोटका प्रमुख सन्तामान तामाङले भवन निर्माण भएसँगै जनताले सहज सुविधा पाउने विश्वास व्यक्त गरेका छन ।

निर्माण हुने भवन अपाङ्गमैत्री र भुकम्पप्रतिरोधात्मक हुने गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । भवन निर्माणको जिम्मा सिदार्थ कन्स्ट्रक्सन प्रालिले पाएको छ । निर्माण कम्पनिले १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

Advertisement

भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु र स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

 

Advertisement

प्रतिक्रिया