चिनियाँ प्याजको ‘कब्जा’मा नेपाली बजार

विदुर खबर २०७६ पुष १६ गते १९:४८

नुवाकोट । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै चीनबाट आयातित प्याजको हिसा बढेको छ।

Advertisement

मंसिर महिनामै मात्रै नेपालले चीनबाट २७ लाख ७४ हजार ७ सय ८५ केजी प्याज आयात गरेको छ। नेपालले साउनदेखि कात्तिकसम्ममा जम्मा चीनबाट ३ लाख ६४ हजार ७ सय ५६ केजी प्याज आयात गरेको थियो। तर, गत असोज १२ गतेदेखि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनियाँ प्याजको हिसा बढेको छ।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको मूल्य पनि बढिरहेको छ। हाल नेपाली बजारमा प्याजको मूल्य १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। भारतले प्रतिबन्ध लगाउनु अगाडिसम्म नेपाली बजारमा प्याज प्रतिकेजी ३५ देखि ४० रुपैयामा कारोबार भइरहेको छ।

Advertisement

प्याज व्यापारीले पनि बजार माग अनुसारको प्याज आयात गर्न सकेका छैनन्। भन्सार विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार नेपालले कुल ४ करोड ५१ लाख ७१ हजार ७ सय ५६ केजी प्याज आयात गरेको छ। जसमा भारतबाट ४ करोड २० लाख २० हजार २ सय १५ केजी, चीनबाट ३१ लाख ३९ हजार  ५ सय ४१ र नामिबियाबाट १२ हजार केजी प्याज आयात भएको छ। तर, मंसिर महिनामा भने भारतबाट ४ लाख ४२ हजार ३ सय ५२ केजी प्याज आयात भएको छ।

प्रतिक्रिया