पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

विदुर खबर २०७६ पुष १६ गते १९:३८

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि गरेको छ।

Advertisement

निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको हो। हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको जनाइएको छ।   नयाँ मूल्य पुस १६ गते रातिदेखि नै लागू हुने निगमले जनाएको छ। मूल्य समायोजनपछि पेट्रोलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १११ रुपैयाँ र पोखरा र दाङमा प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगरधनुषा, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी) मा १०९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

यस्तै, डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा १०० प्रतिलिटर, पोखरा, दाङ्गमा ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९८.५० प्रति लिटर कायम गरिएको छ ।

Advertisement

प्रतिक्रिया