नुवाकोटमा उत्प्रेरणा तथा मनोवैज्ञानिक शिविर सम्पन्न

विदुर खबर २०७६ पुष १२ गते १७:०७

नुवाकोट । लोकप्रिय उपभोत्ता सहकारी लिमिटेडको आयोजनामा शनिवार नुवाकोटको बट्टारमा उत्प्रेरणा तथा मनोवैज्ञानिक शिविर सम्पन्न भएको छ ।

Advertisement

शिविरमा मनोविद डा. वासुदेव आचार्यले कार्यक्रमका सहभागीहरुलाई जीवन उपायोगी शिपबारे जानकारी गराएका थिए । कार्यक्रममा लोकप्रिय उपभोत्ता सहकारी लिमिटेडका सल्लाहकार लिलानाथ न्यौपानेले जीवनको हरेक पाटोमा मनोविज्ञानको आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरेको बताए । उनले मानिसहरु सबै हिसावले सबल भएपनि मानसिक रुपमा वलियो नभएसम्म विकास र प्रगति नहुने भन्दै सबैले कार्यक्रमको भरपुर फाईदा उठाउन आग्रह गरे ।

प्रतिक्रिया