सामरीमा निःशुल्क आँखा शिविर सम्पन्न

विदुर खबर २०७६ पुष १० गते २१:१०

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले आज सामरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँचमा २१८ जना बिरामीको परीक्षण गरिएको छ ।

Advertisement

जाँच गराउन आएका मध्ये २७ जनामा मोतियाबिन्दु समेत लागेको पाइएको गाउपालिकाको उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिनुभयो । म्यागङ गाउँपालिकाको वडा नं. ६ को दमाईचउरमा रहेको स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा सामरी, देउराली, किम्ताङ सहित धादिङको केही स्थानका बासिन्दाहरुको आँखा जाँच गराएर सेवा लिएको वडा नं. ६ का वडाध्यक्ष आतमसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार जाँचको क्रममा मोतियाबिन्दु लागेका २७ जना बिरामीको लागी निःशुल्क शल्यक्रिया सेवाको लागी सिफारिस गरिएको छ । आँखा शिविर सगैँ आजै प्रथामिक स्वास्थ्य केन्द्र देउरालीबाट लगिएको भिडियो एक्सरे उपकरण मार्फत २० जना गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ । गर्भवती महिलाहरुको भिडियो एक्सरे मार्फत गरिएको युसिजी परीक्षणमा उनीहरुको स्वास्थ्य अवस्था राम्रो पाइएको वडाध्यक्ष आतमसिंह तामाङले जानकारी दिनुभयो ।

Advertisement

जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत अभियानके रुपम सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच एंव परीक्षणको लागी अब भोलि लिखु गाउँपालिकाको वडा नं.१ ढिकुरे स्थित नर्थस्टार बोर्डिकङ स्कुलमा शिविर आयोजना गरिइएको केन्द्रका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया