नुवाकोटको लिखुमा दुध डेरीबाट बिषादी बिक्रि गर्ने पक्राउ
नुवाकोट । दुध डेरी बाट आलुमा छर्कने बिषादी बिक्रि गर्ने लाई लिखु अनुगमन समितीले कारबाहीको दायरामा ल्याएको छ ।
आलुमा छर्कने बिषादी जथाभावी मुल्यमा बिक्रि गर्ने,खाद्यान्न सामाग्री बितरण गर्ने पसलले बिषादी बिक्रि गर्ने गरेको गुनासो स्थानियहरु बाट आएपछि लिखु गाउपालिका अनुगमन समिती र जिल्ला प्रशासन कार्यालय नुवाकोटले संयुक्त नुवाकोटको लिखु गाउपालिकामा अनुगमन गरेको हो । अनुगमनको क्रममा किराना पसल,ब्यक्ति हरुले नै लाखौ बराबरको बिषादी बिक्रि गर्दै आईरहेको भेटिएको हो ।
अनुगमनका क्रममा प्रतिबन्धित नुहान र सेल्फोस समेत भेटिएको छ । पसलमा रहेको बिषादी अनुगमन टोलीले नियन्त्रणमा लिएर छानविन शुरु गरेको छ । रासायनिक विषादी विक्रेताले तालिम प्राप्त गरी विक्रि अनुमति लिनु पर्ने र छुट्टै पसल सञ्चालन गर्नु पर्नेमा यो नगरेकाले विषादी जफत गरिएको लिखु गाउपालिकाका उपाध्यक्ष एव लिखु अनुगमन समितीका संयोजक रोजिना राईले बताए ।
एग्रोभेटहरुले धेरै मात्रामा बिषादी बिक्रि बितरण गर्दा दर्ता भए नभएको बुझेर मात्र बिक्रि बितरण गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत दयाराम पौडेलले निर्देशन दिए । किसानहरुले उत्पादन गरेका तरकारीमा ठूलो परिमाणमा रासायनिक विषादी प्रयोग गरेको समाचार आइरहेका बेला मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादीहरु विक्रिी नगर्न र रातो लेबलका विषादीहरु विक्री नगर्न निर्देशन दिदै यदि त्यस्तो पाईएमा कारबाहि गरिने बताए ।
अनुगमनका क्रममा केहि रासायनिक विषादी तथा विउविजन विक्रेताले साइनबोर्ड नराखेको, अनुमतीपत्र देखिने स्थानमा नराखेको र म्याद सकिएका विषादीहरु फिर्ता नगरेको पाइएकाले १५ दिनभित्र सबै प्रक्रिया पूरा गर्न पनि निर्देशन दिइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया