नुवाकोटमा चिसो बढ्यो

विदुर खबर २०७६ पुष १० गते ८:५२

नुवाकोट । नुवाकोटमा चिसो बढेको छ ।चिसो बढेसँगै बजारको चोकचोकमा मानिसहरु आगो तापेर बस्न थालेका छन ।

Advertisement

मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान नुवाकोटकाे तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Advertisement

बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

Advertisement

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ । मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया