२२ सय ठेक्काको समय थप्न नियमावली संशोधन
विदुर खबर
२०७६ पुष ९ गते ८:२५
काठमाडौँ । २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुन: संशोधन गर्ने गृहकार्य थालिएको छ ।
नियमावलीको मस्यौदा मन्त्रिपरिषद्मा पेस भइसके पनि निर्णय हुन बाँकी रहेको एक मन्त्रीले बताए । अहिलेको नियमावलीमा कर्मचारीलाई लागेमा ठेक्काको समय थप्न सकिने व्यवस्था छ । तर, कर्मचारीले जोखिम मोल्न नचाहेर समय नथपेपछि उक्त व्यवस्था हटाई एक वर्षसम्म अनिवार्य समय थप्नुपर्ने व्यवस्था गर्न निर्माण व्यवसायीले माग गरेका हुन् । सोहीअनुसार संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो ।
काम अधुरै रहे पनि समय थप नहुँदा २ हजार २ सय ठेक्का अलपत्र बनेको भन्दै नियमावली संशोधन गराउन निर्माण व्यवसायीले दबाब दिइरहेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीलगायत भेट गरी आफ्ना माग राखिरहेका छन् । यस वर्ष मात्र तीनपटक नियमावली संशोधन भइसकेको छ ।
साउनमा संशोधित आठौं संशोधनले आफूहरूका माग सम्बोधन नगरेको भन्दै व्यवसायीले पुन: संशोधन माग राखेका हुन् । आठौं संशोधनमा ठेक्काको म्याद थपसम्बन्धी स्पष्ट प्रावधान नहुँदा संशोधनको विकल्प नभएको उनीहरूको दाबी छ । ‘नवौं संशोधन गर्ने विषयमा सरकार सकारात्मक छ,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘पुराना ठेक्काको म्याद नथप्दा काम ठप्प भएको छ । कतिपय चालु आयोजनासमेत बन्द भएका छन् ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया