सुर्यगढीको लच्याङमा तीनसयभन्दा बढीकोआँखा परिक्षण

विदुर खबर २०७६ पुष ८ गते १७:४१

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ लच्याङमा मंगलबार भएको आँखा शिविरमा ३ सय २५ जनाको आँखा परिक्षण गरिएको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले ३ सय २५ जनभन्दा बढीको स्वास्थ्य शिविरमार्फत आँखाको चेकजाँच गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका इन्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो । आँखा परिक्षण गरिएकामध्ये २९ जना मोतियाबिन्दुका बिरामि भेटिएको अधिकारीले बताए । निःशुल्क जाँच एंव परीक्षण जस्तै विभिन्न सहयोगी सस्ँथासंगको सहकार्यमा केन्द्रले पुस २५ र २६ गते बट्टारमा आयोजना गरिएको शिविरमा शल्यक्रियाको लागी सम्पर्कमा बिरामीलाई जानकारी गराइएको केन्द्रका इञ्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो ।

यही पुस १ गतेदेखि शूरु भ्एको अभियान नुवाकोटको सबै स्थानिय तहमा पुगेको थियो । जिल्ला सामुदायिक आँखा केन्द्र मार्फत नुवाकोटका सबै नागरिकलाई गाउँघरमै पुगेर सेवा पु(याउने उद्देष्यले जिल्लाको विभिन्न १५ स्थानमा शिबिर सञ्चालन गरेर औषधी आवश्यक रहेकालाई जाँच गरिएको स्थानमा निःशुल्क औषधि उपलब्ध गराइएको र मोतियाबिन्दु भएकालाई पुस २५ र २६ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा आयोजित शिविरमा सम्पर्क राख्न आग्रह गरेको छ ।

Advertisement

प्रतिक्रिया