कैलालीको चुरे क्षेत्रमा भेटिए थप ७३ प्रजातिका चरा

विदुर खबर २०७४ चैत १० गते ११:२३

धनगढी, १० चैत-कैलाली जिल्लाको घोडाघोडी सिमसार र त्यो संग जोडिएको चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिएका छन् ।
नेपाल पक्षी संरक्षण संघले हालै गरेको सर्वेक्षण अनुसार थप ७३ प्रजातिका चरा भेटिएका हुन् । उक्त क्षेत्रमा नयाँ र पुराना गरी २९९ प्रजातिका चरा पुगेको संघका परियोजना अधिकृत हिरुलाल डंगौराले जनाए । संघको चरा विज्ञ टोलीले उक्त क्षेत्रमा चैत १ देखि ६ सम्म सर्वेक्षण गरेको थियो ।
परियोजना अधिकृत डंगौराका अनुसार उक्त क्षेत्रमा सन २०१२ मा २२६ प्रजातिका चरा फेला परेका थिए । सन २०१३ देखि २०१८ सम्मको अवधीमा ४६ प्रजातिको चरा चुरे क्षेत्र र बाँकी २७ प्रजाति घोडाघोडी सिमसार क्षेत्र गरी थप ७३ प्रजाति पुगेका हुन् ।

Advertisement

नयाँ भेटिएका प्रजातिमा राजलाचे, घेघरी घाँसे खिस्टे, राजधनेश, हिमाली गिद्ध, न्याउली चरीलगायत रहेका छन् । भने विश्मै अति दुर्लभ मानिने प्रजातिमा कैले टाउको हाँस, डंगर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध, लघु महाचील, लोभीपापी गरुड, राजलाचे, घेघरी घाँसे खिस्ट रहेको छ ।
परियोजना अधिकृत डंगौराका अनुसार उक्त क्षेत्रमा संकटको नजिक रहेको मलाख हाँस, ठूलो धनेश, हिमाली गिद्ध, माछा कुल, खोले हुटीत्याउ प्रजातिका चरा पनि उक्त क्षेत्रमै पाइने गरेको छ ।

प्रतिक्रिया