पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना : सतर्क रहन सुझाव

विदुर खबर २०७६ पुष ५ गते २१:१३

काठमाण्डाै । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाले शनिबार एक बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आएर चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया