मुलुकभरका होटल व्यवसायी सुर्खेतमा

विदुर खबर २०७६ पुष ४ गते २०:५५

सुर्खेत । शुक्रबारदेखि सुरु हुने होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् ।

Advertisement

महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै ७ वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् ।महासंघले दुईदिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्नुहुने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताए ।

Advertisement

प्रतिक्रिया