साञ्जेन जलविद्युतले फेरि डाक्यो साधारण सभा

साञ्जेन जलविद्युत कम्पनी (SJCL) ले पुन: दोस्रो पटक पुस १६ गते साधारण सभा आह्वान गरेको छ।
मंसिर २७ गते डाकेको नवौं वार्षिक साधारण सभामा कम्पनीको नियमावलीमा रहेको प्रवाधान बमोजिम ६७ प्रतिशत शेयरधनी उपस्थित नभएपछि कम्पनीले दोस्रो पटक सभा आह्वान गरेको हो। मंसिर २९ गते सम्पन्न बैठकले पुस १६ गते स्मार्ट क्याफे धुम्बाराहीमा बिहान ११ बजे कम्पनीको नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले लाभांश भने वितरण गर्नेछैन। आयोजना निमार्णणकै क्रममा रहेकाले लाभांश वितरण गर्नसक्ने अवस्था कम्पनीको छैन। ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ पैसा ऋणात्मक छ ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरि आव २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने, आव २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने, र वार्षिक प्रपितवेदन पारित गर्ने एजेण्डा रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ देखि १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ७ गते सोमबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
प्रतिक्रिया