सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

विदुर खबर २०७६ पुष ४ गते १७:३१

 

Advertisement

काठमाडौँ  । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ । बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे। त्यही बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताए।

संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ। बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो। सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ। शुक्रबारको बैठकपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी सत्तारुढ दल नेकपाको छ। उनी नेकपाबाट उपसभामुख बनेकी थिइन।संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ। नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेकाे नेताहरु बताउँछन्।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।
Advertisement

प्रतिक्रिया