प्रचण्डका घरभेटीले वनाएनन् ककनी–काठमाडौ सडक

विदुर खबर २०७६ पुष ३ गते २०:४८

                                                                           फाईल फोटो

नुवाकोट । ककनी–काठमाडौवाट नुवाकोट प्रवेश गर्ने तीन वटै सडकमार्ग जीर्ण भएको छ । मर्मतमा ढिलाई हुंदा सडकमा यातायातका साधन आवतजावतमा समस्या भएको छ ।

Advertisement

नुवाकोटमा सञ्चालनमा रहेका तथा जिल्लाबाट बाहिर जाने मुख्य तीन सडक खण्ड देवीघाट–गल्छी, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–छहरे–टोखा सडक दैनिकजसो अबरुद्ध हुने र यात्रुबर्गले कष्ट सहनुपरेको छ । विपत् पूर्वतयारीको लागी सन्चालित जिल्ला विपत् व्यवस्थापन समिति नुवाकोटको बैठकले नुवाकोटमा सञ्चालनमा रहेका सडकहरुको अबस्था निकै दयनीय रहेको भन्दै त्यसलाई सुधारको लागी मुख्य प्राथमिकता दिएपनि सम्वन्धित निर्माण व्यवसायीले वास्ता गरेका छैनन् ।

नुवाकोटमा सञ्चालनमा रहेका तथा जिल्लाबाट बाहिर जाने मुख्य तीन सडक खण्ड देवीघाट–गल्छी, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–छहरे–टोखा सडक दैनिकजसो अबरुद्ध हुने र यात्रुबर्गले निकै कष्ट सहनुपरेको वेलकोटगढीका वासु कडुवालले वताए । निर्माण व्यवसायीले सडक सुधार सुरु गरेको पांच वर्षमासमेत काम सकेका छैनन् । ६५ वर्षदेखि सन्चालित वालाजु–ककनी–पिपलटार सडकखण्ड लामो समयदेखि निर्माण अलपत्र रहेको छ । सो सडक हेर्ने जिम्मा पाएको सडक सुधार आयोजना अन्र्तगतका प्रमुख निरज शर्माले दुई खण्डमा निर्माण भइरहेको सो सडक धेरै पटक म्याद थपिइसकियो । तर, काम नसकिएको वताए ।

Advertisement

५१ किलोमिटर मुड्खु–ककनी–पिपलटार सडकखण्डको मुड्खुदेखि ककनीसम्म नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहालका घरभेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले पाएको हो । प्रमुख शर्माका अनुसार वाटोको काम नसकिदा जनताले धेरै शास्ती पाएका छन्, हामीलाई पनि तनाव छ, उनले थप भने अहिले यो भन्दा धेरै नभनौ होला ।
पटक÷पटक म्याद थपिएको सो सडमखण्डको पुजर्न्निर्माणको सवै काम गत असारमै सकिनु पर्ने हो । तर, के कारणले हो् काममा ढिलाई मात्र भइरहेको छ । शर्माले भने ।

पाँच वर्षअगाडि नै निर्माण सक्नुपर्ने सर्तमा ठेक्का सम्झौता भएको राजधानीवाट नुवाकोट प्रवेश गर्ने मुख्य सडक अहिलेसम्म पनि ठेक्का लम्ब्याउँदै अलपत्र पारिएको छ । ठेक्का सम्झौताअनुसार २०७१ सालमै सम्पन्न गरिसक्नुपर्नेमा २०७२ सालको भूकम्पलाई बहाना बनाएर ठेक्का अवधि लगातार लम्बिदै आएको छ । करिब ५४ करोड रुपैया लागतमध्ये ४४ प्रतिशत कामको जिम्मा शैलुङ कन्ट्रक्सनका शारदाप्रसाद अधिकारीले पाएका थिए ।

Advertisement

प्रतिक्रिया