२२ वर्षीय युवकद्वारा एकै रातमा तीन महिला बलात्कृत
रुकुमपश्चिम एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी रहेको रुकुमपश्चिम प्रहरीले जनाएको छ । आरसीले गत मंसिर २७ गते राति गाउँका तीन जना महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए ।
प्रहरीका अनुसार आरसीले श्रीमान् घरबाहिर भएको मौका छोपी मध्यरातमा ४० वर्षीया एक महिला र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । सोही राति २ बजेको समयमा आरसीले फेरी घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई पनि जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
आरसीले पहिला दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर सुतिरहेकी महिलालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । ढोकामा रहेको सानो प्वालबाट हात छिराइ खुटी निकालेर महिलाको बलात्कार गरेको आरसीले प्रहरीलाई बताए । बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले दिएको उजुरीमा बताइएको छ। तीनै जना पीडितले प्रहरी कार्यालय रुकुममा उजुरी दर्ता गराएका छन् ।
आरसीलाई मंसिर ३० गते राडी बजारमा लुकीछुपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया