महादेव माविको भवन निर्माण शुरु

विदुर खबर २०७६ पुष ३ गते १५:२४

नुवाकोट ।बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेवफाँटमा रहेको महादेव माध्यामिक विद्यालयमा प्रस्तावित नमूना विद्यायलको रुपमा बनाउन थालिएको २४ कोठे सुविधासम्पन्न भवनको बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनाल बुधबार शिलान्यास गर्नुभएको छ ।

Advertisement

स्थापनाको समयदेखि रातमाटे श्रोत केन्द्रको रुपमा रहेर आसपासको क्षेत्रको लागी शिक्षा प्रवाहमा उत्कृष्ट रहेको विद्यालयमा यसवर्ष नमूना विद्यालयको रुपमा अनुमोदन भएसगैँ बनाउन लागिएको सुविधासम्पन्न भवनको नगरप्रमुख खनालले शिलान्यास गर्दै भवन मात्र नभई शैक्षिक गुणस्तरपनि बृद्धि गनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नगरपालिकाको शानको रुपमा रहेको सामुदायिक विद्यालय मध्ये महादेव माविलाई नमूना बनाउन सके यसबाट आसपासमा पर्ने विद्यालयलाई समेत सकारात्मक सन्देश दिन सकिने हुदाँ भवन सहित अब शैक्षिक गुणस्तरको समेत बृद्धिको लागी चिन्तित हुन सरोकारवालालाई आग्रह गर्नुभयो ।  कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नं ७ का वडाध्यक्ष हेमनिधी नेपालले विभिन्न संघर्ष र दुःख गरेर स्थापना भएको विद्यायल नमूना विद्यालयको रुपमा गर्न लागिएको स्थापनाले अबको सन्ततीको शैक्षिक भविष्य निकै उज्जवल हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

यस्तै, बेलकोटगढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष अनन्त नेपाल र वडा नं. ८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले सामुदायिक विद्यायलमा अभिभावकको सहयोग नहुदाँ नै कमजोर अबस्थामा पुग्ने भएकाले सामुदायिक विद्यालयलाई समुदायले आफुनो सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।  यस्तै, विद्यालय व्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष लालप्रसाद नेपालले नमूना विद्यालयको निर्माण नै आफ््नो एकमात्र लक्ष्य भएकाले नमूना विद्यालको लागी भवनको सुरुवात भएकाले पुस्तकालय, कम्युटर र बिज्ञान प्रयोगशाला, सिकाई केन्द्रका नमूना अभ्यास, स्थानीयभाषा र अग्रेजीमाध्यमबाट अध्यापन र प्राविधिक शिक्षाको रुपमा महादेव माविलाई स्थापना गर्न आफू क्रियाशिल हुने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयमा आयोजित भवन शिलान्यास पश्चात बुधबार नै विद्यालयमा लामो समयसम्म सेवा पु-याएर सेवानिवृत्ति हुनुभएका तथा अन्यत्र विद्यालयमा जान लागेको शिक्षकहरु दुर्गाप्रसाद घिमिरे, कृष्णप्रसाद खतिवडा, जिवनाथ लामिछाने, चुडाराज सापाकोटा, निराजन श्रेष्ठ, दिपेन्द्र ढकाल र केशवप्रसाद न्यौपानेलाई दोसाल्ला ओढाएर सम्मान सहित विदाई गरिइएको छ ।

यसैगरी, २०१८ सालमा विद्यालय स्थापनादेखि अहिले सातसय भन्दा बढी विद्यार्थी अध्ययनरत गराउने गरेर साविकको उच्च मावि र यहीश्रोतको आधारमा महादेव बहुमुखी क्याम्पस चलाउन सक्ने बनाएको भन्दै पूर्व व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, शिक्षाप्रेमी एंव समाजसेवीहरुलाई पनि सम्मान गरिएको विद्यालयका शिक्षक नवराज नेपालले जानकारी दिनुभयो ।
उहाँको अनुसार विद्यालयको स्थापनाको समयदेखि नै क्रियाशिल रहनुभएका समाजेसेवीहरु भगिरत नेपाल, रामबहादुर राई, कृष्णलाल श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष समेत रहनुभएका हेमनिधि नेपाल, रङ्गनाथ नेपाल, लुमडीराज नेपाल, बद्रीप्रसाद नेपाल र डिलबहादुर लामालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस्तै, स्वर्गीय डम्बरबहादुर लामा, स्वर्गीय जंगबहादुर लामा, स्वर्गीय बेदकुमार न्यौपाने र स्वर्गीय अर्जुनप्रसाद नेपालको परिवारलाई पनि विद्यालयको उन्नवयनको लागी पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

Advertisement

प्रतिक्रिया