बेलकोटगढीले दारे ओखरको खेती प्रोत्साहन गर्ने

विदुर खबर २०७६ पुष १ गते ११:२७

बाघखोर । बेलकोटगढी नगरपालिकाले व्यवसायिक रुपमा दारे ओखरको खेती लगाउन किसानलाई अनुदानमा विरुवा उपलब्ध गराउने भएको छ ।

Advertisement

नगरपालिकाको उच्च तथा चिसो स्थानमा प्रारम्भिक सम्भाव्यता अनुसार अनुकुलित वातावरण देखिएको स्थानमा आगामी माघ महिनादेखि लगाउनको लागी दारे ओखरको विरुवा लगाउन आवश्यक तयारी अघि बढाइको नगरपालिकाको कृषि शाखा प्रमुख छविलाल शर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार नगरपालिकाले यस वर्ष किसानलाई ७५ प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउनको लागी ६ लाख ५० हजार रुपैयाँ बजेट छुट्टाएर विरुवा व्यबस्थापनको काम सुरु गरेको छ । नगरपालिकाको माथिल्लो चिसो क्षेत्रमा दारे ओखरको सम्भावित अध्ययन सकारात्मक पाइएपछि किसानलाई व्यवसायिक रुपमा ओखर लगाउनको लागी नेपालमा विरुवा नपाइने भएकाले विदेशबाट मगाउन लागिएको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो ।

Advertisement

नेपालमा विरुवा नपाएकाले इटली अथवा टर्कीबाट विरुवा मगाएकाले काठमाडौसम्म ल्याउदाँ एकवटा विरुवाको करीब ९०० रुपैयाँ पर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।किसानको २५ प्रतिशत लगानीमा वितरण गरिने दाते ओखर अहिले बजारमा पाइने ओखरमा सबैभन्दा गुणस्तर, धेरै उत्पादन हुने र बजार पनि सजिलै पाइन सकिने विश्वास लिइएको छ ।

नगरपालिकाले यसअघि व्यवसायिक रुपमा सुरु गरेको किवि खेतीको नमूना खेती सफलता नजिक पुगेसगैँ अब दारे ओखर र बजेट व्यवस्थापन भएमा यही वर्ष स्याउखेतीको लागी पनि किसानलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । एक वषमै फल दिने स्याउको व्यवसायिक उत्पादनसुरु गर्ने गरेर विरुवा मगाउनको लागी सम्भाव्यता स्थान छनोटको काम भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया