सांसद विद्या भट्टराईकाे सपथ ग्रहण आज

विदुर खबर २०७६ पुष १ गते १०:४२

नुवाकोट । उपनिर्वाचनमा कास्की २ बाट विजयी सांसद विद्या भट्टराईले आज सपथ ग्रहण गर्दैछिन्।

Advertisement

उपसभामुख शिवमाया तुम्वाहाम्फेले सिंहबारस्थित संसद सचिवालयको कृषि समितिको हलमा उनलाई आज १ बजे सपथ ग्रहण गराउने भएकी हुन्।

सांसदलाई सभामुखले सपथ गराउनुपर्ने भए पनि सभामुख नभएकाले उपसभामुखले सपथ ग्रहण गराउन लागेकी हुन्।सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख संविधानकाे व्यवस्थाअनुसार उपसभामुख तुम्वाहाम्फेमार्फत सपथ ग्रहण गराउन लागिएको संसद सचिवालयले जनाएकाे छ।

Advertisement

प्रतिक्रिया