कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बस दुर्घटना,१३ जनाको मृत्यु

विदुर खबर २०७६ मंसिर २९ गते ९:२१

दोलखाको  कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

Advertisement

दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको  सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।

 

Advertisement

मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।

Advertisement

प्रतिक्रिया