श्रीमतीको हत्या गरेको आरोपमा धादिङ अर्जुन पक्राउ

विदुर खबर २०७६ मंसिर २८ गते १९:४१

धादिङ । धादिङबाट प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिशा तामाङलाई गत मंसिर १० गते हत्या गरेको अभियोगमा उनका श्रीमान २३ वर्षीय अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र थापामगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया