शुभ–प्रभात बचत तथा ऋण सहकारीको १२औ साधारणसभा सम्पन्न

विदुर खबर २०७६ मंसिर २८ गते १८:०४

इन्द्रचोक । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शुभ–प्रभात बचत तथा क्रृण सहकारी लिमिटेडको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७५÷७६ मा संस्थाको सम्पुर्ण खर्च कटाई सहकारीले ३६ लाख ६४ हजार ७ सय ८० रुपैँया बचत गरेकोे बताए । त्यस्तै सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷७६ को लेखा परिक्षण प्रतिवेदन तथा तथा आव २०७६÷७७ को अनुमानित आय व्ययको बारेमा जानकारी दिँदै आगामी वर्ष विदुर नगरपालिका वडा नम्बर २ को मुख्य बजार क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने बताए । साथै सहकारीको सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउन कार्यलयमा सिसिटिभी जडान तथा नगद रुपैयाँ गन्ने मेसिनको जडान गर्न लागेको बताए ।

साधारणसभामा २०७५ सालको एसइई परिक्षा उत्र्तिण गर्ने विद्यार्थीहरुलाई सम्मानित समेत गरिएको छ । सम्मानित हुने विद्यार्थीहरुमा मनोज श्रेष्ठ, अभिषेक आचार्य र रोजिना विश्वकर्मा रहेका छन । त्यस्तै सहकारीले भैरवी माविबाट एसइईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै निश्चल रिमाललाई सम्मान गरेको छ । यस्तै सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा विदुर नगरपालिका वडा नम्बर २ का रामकुमारी शाहीलाई सम्मान गरेको छ ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहीले सरकारले सहकारीहरुमा एकभन्दा बढी शेयर होल्डिङ भएको अवस्थामा मर्ज गर्ने प्रावधान ल्याएको भन्दै वडा नम्बर २ मा रहेको सहकारीहरुले  मर्ज गर्नुपर्ने बताए । वडाअध्यक्ष शाहीले सहकारीले दरबार क्षेत्रमा निर्माण भएका सम्पदा गाउँ निर्माणमा न्युन मात्रामा ब्याज दिएको भन्दै खुशी व्यत्त गरे । उनले सहकारीले आफ्नै भवन निर्माणको तयारी गरिरहेको भन्दै नगरपालिकाले सहकारीको भवन निर्माणको लागि अनुदान दिएकोले त्यसको लाभ उठाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल सुनचादी तथा कला व्यवसायी संघका अध्यक्ष केशर सेन्चुरीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको भन्दै खुशी व्यत्त गरे । उनले सरकारले सबै बैक तथा वित्तिय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृतको लागि आग्रह गरेको भन्दै सहकारीहरु पनि त्यसमा समावेश भएर सरकारको अभियानलाई सघमउनुपर्ने बताए ।

Advertisement

प्रतिक्रिया