प्रधानमन्त्रीको प्रतिवद्धता– दुईवर्षमा नेपालमा रेल ल्याएर मजाक गर्नेलाई जवाफ दिन्छु

विदुर खबर २०७४ चैत ९ गते १३:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २ वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको पनि स्पष्ट पारे ।

Advertisement

२०७६ साल भित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे ।

शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गरे ।

Advertisement

उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिवद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गराए । अब मजाक उडाउन नदिनेगरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया