बट्टारमा रहेको ‘पुरानो–पाटी’को पुननिर्माण शुरु

विदुर खबर २०७६ मंसिर २६ गते ९:५७

बट्टार । मल्लाकालीन समयमा निर्माण भएको विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको धार्मिक एंव पुरातात्विक सम्पदा ‘पुरानो–पाटी’को पुननिर्माण शुरु भएको छ ।

Advertisement

पुरातत्व विभागले ८० लाख रुपैयाँ बोलपत्र आह्वान गरेकोमा नमोबुद्ध विल्डर कन्स्ट्रक्सनले ५५ लाख रुपैयााँमा निर्माण गर्ने जिम्मेवारी अनुसार पुर्न्निर्माणको काम थालिएको हो । ‘पुरानो–पाटी’को बुधबार प्रदेश नम्बर ३ का सांसद केशव पाण्डेले शिलान्यास गरेका हुन । उनले तोकिएको समयमभित्रै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । प्रदेशसभा सदस्य पाण्डेले निर्माण व्यवसायी मार्फत हुने कामको नियमित अनुगमन गरेर गुणस्तरीय बनाउन र यसअघिकै संरचना कायम राख्नको लागी स्थानीयबासीले सकरात्मक सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख गिता दाहालले नगरपालिकाले पुराना धार्मिक एंव पुरातात्विक संरचनाको निर्माणलाई प्राथमिकता दिएको बताइन । त्यस्तै वडाअध्यक्ष टलकमान श्रेष्ठले ईतिहाससँग जोडिएको पुरानोपाटीको महत्व निकै लामो समयदेखि भएकाले यसकोे संरक्षणको लागी आफूहरु सक्रिय भएर लाग्ने बताए ।

Advertisement

पाटीको पुननिर्माण पहिलेकै स्वरुपमा गर्न लागिएको टोल विकास संस्था बट्टारका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । २०७२ सालको भूकम्पले क्षति पु¥याएको पाटीको करिव ४ वर्षपछि पुनुनिर्माण थालिएको हो । पाटीको शिलान्यास कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्जित, वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार, नेकपाका नेता वुद्धि प्रधान र स्थानियबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया