विद्यालयमा राजनीति नगर : मुख्यमन्त्रि पौडेल

विदुर खबर २०७६ मंसिर २६ गते ८:१८

नुवाकोट । प्रदेश नम्बर ३ का मुख्यमनित्र डोरमणि पौडेलले विद्यालयमा राजनीति नगर्न आग्रह गरेका छन ।

Advertisement

नारायणगढको एक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्रि सो कुरा बताएका हुन । ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको होइन् त्यसैले शिक्षा क्षेत्रमा राजनीति बन्द गर्नुस मुख्यमन्त्रि पौडेलले भने ।

मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षकहरुले पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताए । हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइसँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको शुरुआत प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्रि पौडेलले भने । सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ शुरु गरेको उनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया