उपसभामुखलाई राजीनामा गराउने तयारीमा नेकपा
विदुर खबर
२०७६ मंसिर २५ गते १७:२९

नुवाकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिनको अध्यक्षता ज्येष्ठ सदस्यलाई गराउने तयारी गरेको छ।
अधिवेशन सुरु हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर संसदको अध्यक्षता ज्येष्ठ सदस्यलाई गराउने निष्कर्षमा नेकपाका शीर्ष नेताहरु पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ४ दिउँसो ४ बजेका लागि संघीय संसद अन्तर्गतका दुवै सभाको अधिवेशन बोलाएकी छिन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दा लागेपछि सभामुख पद रिक्त भएको थियो। हिउँदे अधिवेशन सुरु हुनु केही दिनअघि नै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरिएको नेकपाका एक नेताले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया